काठमाण्डौ: एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र गण्डकी मेडिकल कलेजबाट आउट भएको छ ।
बिहिवारबाट त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)ले लिएको एमबीबीएस प्रथम वर्षको प्रश्नपत्र आउट भएको हो ।
परिक्षा सुरु हुनासाथ विहान १० बजे लगतै अज्ञात व्यक्ति परीक्षा हलमा प्रवेश गरी केही प्रश्नपत्र च्यातेको बताइएको छ ।
जीएमसीको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्यात्ने र केही खोसेर लगेको सूचना आफूहरुले पाएको आईओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले बताएका छन् ।
बिगतदेखि नै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग सहित मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । त्यस्तै सरकार र निजी मेडिकल कलेजबीच भएको दुई बुँदे सम्झौँता समेत आफूहरुलाई मान्य नभएको बताउँदै आएका छन् ।
यसअघि चार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने बताएका थिए । यद्धपी बुधबार बेलुका जानकी मेडिकल कलेजका विद्यार्थीहरु परीक्षामा सहभागी हुने बताएका थिए ।

