सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अतिरिक्त रकम फिर्ताको माग गर्दै चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीद्धारा पुनः तालाबन्दी

२०७६ मंग्सिर २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरूले चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण युनिटमा बिहिबार पुनः तालाबन्दी गरेका छन् ।

कलेज सञ्चालन गर्न कलेज ब्यवस्थापनले प्रहरी बोलाएर जबरजस्ती ताला खोलेपनि आन्दोलित विद्यार्थीहरुको समुहले (सीएमसी)को शिक्षण युनिटमा पुनः ताला लगाएका हुन् ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विगत चार महिनादेखि विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

गत भाद्र १८ गते कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरुले उक्त ताला लगाएका थिए ।

आन्दोलन विद्यार्थीहरुले चिकित्सा शिक्षा संर्घष समितिनै गठन गरेर कलेजले जबसम्म विद्यार्थीबाट असुल गरेको अतिरिक्त रकम फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् ।

चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला होस्टेलभित्र छिरेको प्रहरीको लाठी चार्जबाट दुई विद्यार्थी घाइते भएको थिए । प्रहरीको कुटाईबाट एमबीबीएस दोश्रो बर्षमा अध्यानरत पिसजोन जोशी र एमबीबीएस प्रथम बर्षकी भावना राजवंशी रहेका छन् ।

उपचारपछि उनीहरु दुवै शिक्षण युनिटमा फर्किएका छन् । चिकित्सा शास्त्रमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परीक्षा नै बहिष्कार गरेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल माफिया मिलेर विद्यार्थीको आन्दोलन तुहाउने गरी गरेको सहमति आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलनलाई जारी राखेका हुन् ।

सबै विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएसम्म आन्दोलन जारी रहने भन्दै परीक्षा बहिष्कार गरेको विद्यार्थी मान्यता थापाले बताइन् । चिकित्सा शिक्षा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् ।

बुधबारबाट सुरु भएको प्रथम बर्षको परीक्षाको पहिलो दिन बी फार्मेसी, बीएसआइटी, बीएससीएमएलटी, बीएएसएलपी, वीपीएमको परीक्षा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो