सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एसियामै दोस्रो लामो झोलुङ्गे पुल मर्मत हुदै

२०७६ मंग्सिर २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: दोधारा चाँदनी जोड्ने एशियाकै लामो मानिएको झोलुङ्गे पुल मर्मत गरिने भएको छ ।

जीर्ण अवस्थमा रहेको कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुल मर्मतको कार्य शुरु भएको छ ।

सो जीर्ण पुलको सुदूरपश्चिम सरकारले ठेक्का प्रक्रिया माफर्त मर्मत कार्य अगाडि बढाएको छ।

गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ र चालु आवमा ६० लाख बजेट विनियोजन गरेर पुल निर्माण गर्न लागिएको हो ।

त्यस्तै शनिबारदेखि पुस ५ गतेसम्म विहान ३ घन्टा र दिउँसो ३ घन्टासम्म सो पुल बन्द गरिने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताएका छ्न् ।

पुलको मर्मत सम्भारका लागि थप बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसँग माग गरिएको छ।
डडेल्धुराको खाम्पाचे-देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी ५ जेभीले पुल मर्मतको ठेक्का लिएको छ।

महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर रहेको छ । उक्त पुल नेपालको सबैभन्दा लामो पुल हो।

३२.७ मिटरका ७ वटा अग्ला टावर रहेको सो पुल २०६१ सालमा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल जुन एसियामै दोस्रो लामो झोलुङ्गे पुलका रुपमा परिचीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?