काठमाण्डौ: सुनचाँदीको मूल्य नेपाली बजारमा पछिल्लो समय घट्दो क्रममै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला पाँचसय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको बताइएको छ ।
महासंघले बताएअनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय रुपैयाँले कारोबार भएको छ ।
तर शुक्रबार भने सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको चाँदी आईतबार तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
