सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विद्यार्थी घाइते बनाएको बिरोधमा सोमबार बाँकेको कोहलपुरमा प्याब्सनको शैक्षिक हड्ताल (विज्ञप्ती सहित)

२०७६ मंग्सिर २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: आइतबारको घटनालाई लिएर भोली सोमबार बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गरिने भएको छ ।

सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिएका हुन् ।

त्यस्तै प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरित एक विज्ञप्ती निकाल्दै सोमबार कोहलपुरमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने उल्लेख गरीएको छ ।

आईतबार बिहान स्थानिय त्रिभुवन उच्च माविमा अध्ययनरत छात्रा प्रगती चन्द ट्रकको ठक्करबाट घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका थिए ।

घटना लगत्तै आक्रोशित भएका विदार्थीहरुले कोहलपुरमा आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा विद्यालय बोकेका सवारी साधनमा समेत तोडफोड गरीएको भन्दै विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो