शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: नेपाली बजारमा सुनको मूल्य पुन: उकालो लागेको छ ।
बुधबारसम्म प्रतितोला ७० हजारभन्दा तल आइपुगेको सुनको भाउ आज फेरि बढेर ७१ हजार रुपैयाँमाथि पुगेको हो ।
आज बिहिवारका दिन बुधबार भन्दा तोलामा ४ सय रुपैयाँले सुनको भाउ बढेको छ ।
बुधबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ७१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि प्रतितोला ७३ हजार ५ सयसम्म पुगेर सुनको मूल्यले नयाँ रेडर्क समेत बनाएको थियो ।
