सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निदान अस्पतालका सीईओ र डाक्टर सहित पाँच जना धरौटिमा रिहा गर्ने उच्च अदालतको आदेश

२०७६ मंग्सिर २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: उच्च अदालत पाटनले ‘मिर्गौला प्रत्यारोपण काण्ड’मा थुनामा रहेका निदान अस्पतालका सिईओ र मेडिकल डाइरेक्टर सहित पाँच जनालाई रिहा गर्ने आदेश दिएको छ ।

अदालतको उक्त आदेशपछि अस्पतालका सीईओ विपेन्द्र प्रधान, कानूनी सल्लाहकार कुमुद भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत रामचन्द्र आले र मिर्गौला लिने बिरामी शंकरमान लामा विहिवार नै धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीश नकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलाशले दिएको आदेशमा मिर्गौला ग्रहण गर्ने विरामी लामालाई १० लाख, कानूनी सल्लाहकार भट्टराईलाई ९ लाख र अस्पतालका सिईओ प्रधानसंग ६ लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा पन्त र शाखा अधिकृत आलेलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

नक्कली भान्जा खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले गत २९ असोजमा सीईओ र डाक्टर सहित पँच जनालाई नियन्त्रणमा लिएको थियो । मानव अंग बेचविखन सम्वन्धी कसुर गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पाटनले गत कार्तिक २७ गते पूर्वपक्षका लागि भन्दै जेल चलान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार