काठमाण्डौः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा गरेको जनाएको छ ।
सरकारले गत कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।
सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले यस अघि लगाइएको रोक फुकुवा गरिएको जनाएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गरी हाल पुनः वितरित स्थानीय तहगत दरबन्दी विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मंसिर २५ गतेको निर्णय अनुसार सार्वजनिक भइसकेकाले उक्त विवरण अनुसार पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्रबाट सरुवा तथा करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फुकुवा गरिएको जनाएको छ ।
