काठमाण्डौ: त्रिविको ४५औँ दीक्षान्त समारोहमा भोलि हुने भएको छ ।
बिहिवार त्रिभुवन विश्वविद्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १० हजार १८४ विद्यार्थी दिक्षित हुने भएका छ्न ।
सो समारोह पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा सञ्चालन हुने भएको छ । उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक/पुरस्कार समेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिएका छ्न् ।
दिक्षान्त समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएको सदस्य सचिव पशुपति अधिकारीले बताएका छन् ।
