काठमाण्डौं: सुर्खेतको विरेन्द्रनगरमा शुक्रबारबाट हुने होटल व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन लागि देशै भरका होटल व्यवसायीहरु भेला भएका छन् ।
महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै ७ प्रदेशका व्यवसायी सुर्खेत आएका पुगेका छन् ।
महासंघले दुईदिने महाधिवेशनको लागी सम्पूर्ण तयारी गरी सकेको जानकारी दिएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले महाधिवेशनको उद्घाटन गर्नुहुने बताईएको छ ।
महाधिवेशनमा ७ प्रदेशबाट १ हजार ५ सय भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले बताए ।
त्यस्तै दुईदिन सम्म सञ्चालन हुने सो महाधिवेशनले होटल व्यवसायी संघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
