काठमाण्डौं: शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ।
आयोगले शनिबार नतिजा प्रकाशित गर्दै बारा, सिरहा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो ।
आयोगले नियुक्त गरेका सबै शिक्षकहरु शिक्षक सेवा आयोगको परीक्षामा अनुतिर्ण भएका उम्मेदवार रहेको शिक्षक सेवा आयोगले जनाएको छ ।
नामावली हेर्न यहाँ क्लिक गर्नुहोलाः
