काठमाण्डौ: भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
शनिबार भक्तपुरको सूर्यबिनायक नगरपालिका रानीकोटमा भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा भक्तपुर,काभ्रे र ललितपुरका करिब १ सय ५० जना आँखाका बिरामीले सेवा लिएका छ्न् ।
फाउण्डेशनले दिएको जानकारी अनुसार विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गरि चश्मा र औषधि वितरण गरेको गरिएको थियो ।
सोक्रममा मोतियाबिन्दु प्रमाणित भएका ३० जनाको फाउण्डेशनले आगामी एक साताभित्रै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ।
नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ व्यक्तित्व भरतमोहन अधिकारीको २०७५ साल फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएपछि उनैको नाममा फाउण्डेशन स्थापना भएको हो।
