शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: दाङको तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
बुधबार मध्यान्ह पौने १२ बजे रा १ ख १४८९ नम्बरको यात्रुवाहक बस लमहितर्फ जादै गर्दा मुसोट खोला नजिकै ब्रेक फेल भएर पल्टिएको हो।
घाईते २१ जनाको लमही अस्पतालमा उपचार पश्चात केहि अस्पतालबाट छुटिसकेको छन् भने केहिको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले जानकारी दिए ।
