सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वीस हजार सवारी चालक कारबाहीमा

२०७६ पुष ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा मात्रै २० हजार तीन सय सवारी चालक कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७५-०७६ मा ३४ हजार ५ सय १० सवारी चालकको कारवाहीबाट रु १ करोड १३ लाख पाँच हजार राजश्व संकलन भएको थियो ।

चालू आवको साउनमा दुई हजार ४ सय सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५सय राजश्व संकलन भएको छ ।

त्यस्तै भदौमा चार हजार ३०० चालकको कारबाहीबाट रु २६ लाख ९३ हजार ५ सय, असोजमा रु ४ हजार ६ सय ५० सवारी चालकको कारबाहीबाट रु २८ लाख ४२ हजार ५सय, कात्तिकमा चार हजार ४ सय चालकको कारबाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५ सय ५० सवारी चालकको कारबाहीबाट रु २८ लाख १५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

सो अवधिमा दुई हजार ७ सय ३५ बस चालक, तीन हजार ६ सय ७७ ट्रक चालक, दुई हजार ६ सय १५ जीप चालक, सात हजार ६ सय ६० मोटरसाइकल चालक, एक हजार ९ सय २७ ट्र्याक्टर चालक, एक हजार ६ सय ८६ टेम्पो चालक गरी जम्मा २० हजार ३ सय सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिएका छन् ।

यसैगरी मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, ओभरटेक, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन