काठमाडौं : त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा.पेशल दाहाल नियुक्त भएका छन् ।
उनलाई कुलपति समेत रहेका प्रधानमन्त्री केपि ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २० को उपदफा (१) बमोजिम रिक्त रहेको रजिष्ट्रार पदमा नियुक्त गरेका हुन् । रजिष्ट्रारमा नियुक्त हुनु अघि दाहाल त्रिवि सेवा आयोगको सदस्य भएका थिए ।
छथर पोखरी–३ तेह्रथुम स्थायी घर भई हाल कामनपा–३२ कोटेश्वर निवासी उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा नियुक्त भएका हुन् ।
त्रिविमा तत्कालित रजिष्ट्रार डिल्लीराज उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिएका प्राध्यापक दाहालले त्रिवि रजिष्ट्रारको कार्यालयमा शुक्रबार अपरान्ह पद वहाली समेत गरेका छन् ।
