सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मनकामनाको गुरुयोजना कार्यान्वयनका लागि सहयोग गर्छुः श्रममन्त्री श्रेष्ठ

२०७८ असोज २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

बडादसैँको आठौँ दिन बुधबार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा उक्त कुरा बताएका हुन् ।

मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाबारे जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । ‘मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,’ उनले भने।

सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर भदौ २३ गतेदेखि खुला गरिएको हो ।

प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्न हजाराँै भक्तजन बर्सेनि यहाँ पुग्छन्। पूजाआजा गर्छन्, बलि दिन्छन् र परेवा उडाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन