काठमाण्डौंः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलले नवौं विज्ञान दिवसको अवसरमा घोषणा गरेको पुरस्कार प्रदान गरेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)मा बिहीबार आयोजित कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले पुरस्कार प्रदान गरेकी हुन् ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा ६ विधामा पुरस्कारको घोषणा गरेको थियो । विज्ञान पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी मणि दाहाल, एरोनोटिक्स प्रविधि पुरस्कार नेपाली सेनाका ब्रिगेडियर जरनल डा. दीपकप्रसाद बास्तोला, अन्तरीक्ष प्रविधि पुरस्कार प्राध्यापक उदयराज खनाललाई प्रदान गरिएको छ ।
त्यसैगरी जैविक प्रविधि पुरस्कार त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट प्राध्यापक प्रकाश घिमिरे, विपद न्युनिकरण प्रविधिसम्बन्धी पुरस्कार नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवाली, उदयमान प्रविधि पुरस्कार डा आभाष मास्केलाई प्रदान गरिएको थियो ।
