सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन् । कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन् ।

यस्तै मङ्सिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ । मङ्सिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिस्पर्धा हुनेछ । मङ्िसर २८ गते सेमिफाइनलका खेल तथा मङ्सिर २९ गते फाइनल खेल हुने सङ्ले जनाएको छ । उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३ गतेदेखि कैलालीको धनगढीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल १० रनले पराजित

वेस्ट इण्डिजविरुद्ध कप्तान रोहितले हाने अर्धशतक

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट

वेस्ट इन्डिज ‘ए’ ले टस जित्याे, नेपाललाई बलिङकाे निम्ताे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

नेपालले पहिलो विकेट गुमायो, अनिल शाह आउट