सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अत्याधिक गर्मीले रौतहटका बिद्यालय एक हप्ताका लागि बन्द

२०८० जेठ १९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि बिद्यालय बन्द गरिएकाे छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजबाट बिद्यालय बन्द भएका हुन ।

साे समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको बिज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजवाट बिधालय बन्द हुन लागेका हुन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि बिद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ।

हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरुमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड