सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झापा कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री शर्मा

२०८० चैत्र १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उहाँले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँड्नुभएका स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्मा उहाँले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक सङ्कट निम्तियो भनेर आत्तिन नहुने धारणा राख्नुभयो । महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलका आरोपित व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शङ्का उत्पन्न भएको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताउनुभयो । उहाँले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताउनुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गर्नुभयो ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताउनुभयो । विस २००१ मा जन्मनुभएका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

अपाङ्गता भएका व्यक्तिको माग पूरा गर्न कांग्रेसको आग्रह

एमालेको बारेमा विचार पुर्याएर बोल्न कांग्रेसका नेताहरुलाई ओलीको चेतावनी

घनश्याम भुसालले देखाए एकीकृत समाजवादीका १२ चुनौती

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

एमालेले अकस्मात बोलायो संसदीय दलको बैठक

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा