सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

२०८१ बैसाख ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ ।

पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।

महासचिव भुसालले भन्नुभयो, “१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।”

पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समयसीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले यही वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उहाँले जानकारी दिनुभयो ।

सोही प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ । सबै कमिटीले सम्बन्धित नेताहरूको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन् ।

समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले महाधिवेशन सरेको भन्दै महासचिव भुसालले पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजेन्द्र महतोको मुक्ति क्रान्तिद्वारा दोस्रो चरणको संघर्षका कार्यक्रमहरु घोषणा

शशाङ्क भन्छन्- निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने

व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल

कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

पार्टी छाडेका कार्यकर्तालाई फर्किन उपन्द्र यादवको आग्रह

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

सहकारी प्रकरणको छानबिन हुनुपर्छ- राजेन्द्र पाण्डे