सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा सम्पन्न भएको छ ।

भारतको श्रावस्ती जिल्लामा आगामी मे २५ तारिखका दिन हुन गइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्न श्रावस्ती जिल्लाको सदरमुकाम भिङ्गामा नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिस्ट्रिक्ट मजिस्ट्रेट कृतिका शर्माको निमन्त्रणमा बाँके र दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखहरूको एक दिने समकक्षी समन्वय बैठक सम्पन्न भएको छ ।

लोकसभा निर्वाचनमा दुवै देशका सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने बैठकमा छलफल भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बताउनुभयो ।

बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा संयुक्त निगरानी गर्ने, चेक प्वाइन्ट स्थापना गर्ने, संयुक्त गस्ती पेट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सोझो सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक राम बहादुर केसीले जानकारी दिनुभयो ।

२५ मेका दिनमा सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडिबाट दुवै देशका सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण तथा उपभोगमा रोक लगाउने लगायतका विषयमा छलफल गरी कार्यान्वयन गर्ने सहमति भएको प्रजिअ पोखरेलले बताउनुभयो ।

सीमा नाका बन्दको समयमा अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्स लगायतका सवारी साधन भने नरोकिने सहमति भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम

अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज

कर्णालीको ढुङ्गा बेचेर लाखौँलाई रोजगारी दिन सकिन्छ : मन्त्री अर्याल

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने चार दलका नेताहरुबीच सहमति

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस(सूचीसहित)

मधेस प्रदेशका चार जिल्लाको नेपाल–भारत सीमा नाका तीन दिन बन्द

काठमाण्डौं-तराई-मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

जबरजस्ती करणीको जाहेरी परेपछि फरार भए एमालेका नेता विदुर शर्मा