सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष नेपाल

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

शनिबार हेटौंडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौँँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरूरी रहेको बताउनुभयो । “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा सङ्घीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन् । त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, सङ्घीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

त्यसैगरी उहाँले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रीत नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रीत हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताउनुभयो ।

पार्टीको दसौँ महाधिवेशनमा आफ्नो पार्टीले नेपाली समाज, राजनीति र विकासका बाधक पहिचान गरी समृद्धिको यात्रा तय गर्न चाहेको पनि अध्यक्ष नेपालको भनाइ भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकले राजनीति नगरौँ : उपमहासचिव पोखरेल

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : महासचिव गुरुङ

धनराजको माग- रवि लामिछानेलाई अवहेलना मुद्धामा कारवाही होस्

विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित

संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा

कांग्रेसले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित : कांग्रेस

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाले जारी गर्यो ह्वीप

जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

कांग्रेस प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान