सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओली र प्रचण्ड समर्थकबीच कैलालीमा झडप

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ।

ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्‍यालीमा झडप भएको हो। कोणसभा चलिरहेका बेलामा प्रचण्ड पक्षधरले आक्रमणको प्रयास गरेका थिए। झडपपछि केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो।

सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाले प्रर्दशन गरेका थिए।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रिय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्डसहित केपी शर्मा ओली पक्षधर युवाको सहभागिता थियो।

सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले केपी शर्मा ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएपछि प्रचण्ड पक्षधरले माइक खोसेको बताईएको छ । अन्नपुर्ण पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टी स्टेट प्रकरण: को हुन् खर्बौंका जग्गा हत्याउने योजनाका मुख्य सूत्रधार ?

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह

‘अध्यादेशबाट बजेट ल्याउने स्थिति आओस् भन्ने चाहेको छैन’

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास