सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अध्यक्षद्धयको वान टु वान वार्ता आजपनि, नेपाल समुह असन्तुष्ट

२०७७ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका गर्ने पहल जारी रहेका बेला आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

यसअघि सोमबार भएको छलफल सकारात्मक भएको भनिएकोमा त्यसको निरन्तरताका लागि आज फेरी छलफल हुन लागेको हो । अहिलेसम्म दुवै अध्यक्ष छलफल गर्ने तह मात्र सहमत भएको तर ठोस एजेन्डामाथि सहमति नबनेको नेकपा नेताहरुले बताएका छन् ।

आइतबारको छलफलमा बनेको अनौपचारिक कार्यदलले सहमतिको विन्दु खोज्ने तयारी गरिरहेको भएपनि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफुहरुलाई यो प्रक्रियामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेको छ ।

वरिष्ठ नेता नेपालले सोमबार ओली-प्रचण्ड भेटवार्तापछि प्रचण्डलाई भेटेर आफ्नो असन्तुष्टि राखेको बताइएको छ ।नेता नेपालले दुई अध्यक्ष मात्र बसेर समस्याको समाधान नहुने बताउदै पर्तियो विवाद मिलाउने प्रक्रियामा आफ्नो पक्षको सहभागिताको विषय उठाएका थिए ।

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएकाले सो भन्दा अगाडी सम्म दुवै अध्यक्षबीच सहमति बनाउने प्रयास भइरहेको बताइएको छ । नेकपाका दोस्रो तहका नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनले सहमति बारे गृहकार्य गरिरहेको बताइएपनि सोमबारको बैठकमा दुवै अध्यक्षबीच वान टु वान नै वार्ता गर्ने सहमति भएकाले अब कसरी सहमतिको बिन्दु खोजिन्छ भन्ने अन्योल कायमै रहेको छ ।

आज ओली-प्रचण्डबीचको छलफलको समय तोकिएको छैन भने आजै ४ बजेका लागि क्याबिनेट बैठक रहेकाले सो भन्दा अगाडी दुवै अध्यक्ष बस्न सक्ने बालुवाटार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा

आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

राष्ट्रबादी शक्तिहरु एकजुट भएर अघि बढ्न नयाँ शिराबाट सोच्नुपर्ने समय आयो- कमल थापा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

कर्णालीको सरकार विस्तार, को को बने मन्त्री ?

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म