सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

२०८३ असार ३२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाह र अध्यक्ष लिङ्देनबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकार र प्रमुख राजनीतिक दलहरूबीचको समन्वय, राष्ट्रिय हितका विषय तथा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा विस्तृत छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

भेटमा देशको सुशासन, आर्थिक अवस्था, विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने उपाय, जनतासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत विषय तथा आगामी राजनीतिक सहकार्यका सम्भावनाबारे पनि विचार आदानप्रदान भएको स्रोतले जनाएको छ।

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी थिए। प्रधानमन्त्रीका तर्फबाट सचिवालयका केही अधिकारी उपस्थित रहेको जनाइएको छ।

प्रधानमन्त्री शाह र राप्रपा नेतृत्वबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक परिवेशमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटपछि कुनै औपचारिक सहमति वा निर्णय सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार यो भेट नियमित राजनीतिक संवादको एक हिस्सा हो र मुलुकका समसामयिक विषयमा विभिन्न राजनीतिक दलहरूसँग निरन्तर छलफल गर्ने सरकारको नीति अनुरूप भेटवार्ता गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा गाई पूजा