सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा. तारा दत्त भट्ट नियुक्त

२०८३ भाद्र १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्राध्यापक डा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त भएका छन्। उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय प्रशासनको क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टसँग करिब चार दशकको शैक्षिक तथा प्रशासनिक अनुभव रहेको छ। भट्टले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय शिक्षा विभागका प्रमुख, अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक तथा अनुसन्धान डिभिजनका प्रमुखलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। केन्द्रीय शिक्षा विभागको नेतृत्व गर्दा उनले शैक्षिक कार्यक्रमको योजना तथा कार्यान्वयन, विभागीय प्रशासन, बजेट व्यवस्थापन, स्रोत परिचालन तथा जनशक्ति व्यवस्थापनमा काम गरेका थिए।

त्यस्तै, त्रिविको अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकका रूपमा उनले विश्वविद्यालयको अनुसन्धान रणनीति तथा योजना निर्माण, अनुसन्धान प्रशासन, अनुदान व्यवस्थापन, अनुसन्धान प्रस्ताव समीक्षा, बौद्धिक सम्पत्ति अधिकार तथा विभिन्न संस्थासँगको सहकार्यमा काम गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालय जर्नल प्रकाशनको जिम्मेवारीसमेत सम्हालेका थिए।

भट्टले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर कार्यक्रम संयोजक, कार्यवाहक क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखका रूपमा समेत काम गरिसकेका छन्। क्याम्पस प्रशासन, बजेट तथा स्रोत व्यवस्थापन, जनशक्ति व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास र रणनीतिक योजना निर्माणमा समेत उनको अनुभव रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग पनि भट्टको लामो शैक्षिक सम्बन्ध छ। उनी सन् २०७६ देखि विश्वविद्यालयको अंग्रेजी शिक्षा विषय समितिको अध्यक्ष तथा भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत थिए। यसअघि उनले विश्वविद्यालयको सेवा आयोगको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्। सेवा आयोग सदस्यका रूपमा उनले विज्ञ छनोट, पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा शिक्षक-कर्मचारी नियुक्तिसम्बन्धी प्रक्रियामा काम गरेका थिए।

भट्टले त्रिभुवन विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थीको अनुसन्धान निर्देशनसमेत गरेका छन्। विभिन्न विश्वविद्यालय तथा उच्च शिक्षा निकायका लागि पाठ्यक्रम तथा पाठ्यक्रम सामग्री निर्माणमा समेत उनको योगदान रहेको छ। उनले सन् २००८ मा भारतको पञ्जाब विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी), सन् २००३ मा डेनमार्कको ड्यानसि युनिभर्सिटी अफ एजुकेसनबाट एमफिल तथा त्रिभुवन विश्वविद्यालयबाट एमएड गरेका छन्।भट्टको विशेषज्ञता शैक्षिक तथा प्रशासनिक नेतृत्व, अनुसन्धान व्यवस्थापन, योजना तथा वित्तीय प्रशासन, अंग्रेजी भाषा शिक्षा, द्विभाषिक तथा बहुभाषिक शिक्षा तथा शैक्षिक सामग्री विकासमा रहेको छ। उनले नेपालसँगै डेनमार्क, जर्मनी, फ्रान्स, नर्वे, स्वीडेन र अमेरिकामा विभिन्न शैक्षिक तथा व्यावसायिक गतिविधिमा सहभागिता जनाएका छन्।

उनका विभिन्न पुस्तक तथा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। उनले त्रिभुवन विश्वविद्यालय जर्नललगायत विभिन्न शैक्षिक जर्नलको सम्पादनसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान