सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

२०८३ असोज ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ, ८ असोजः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२  सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका ६२ जना विद्यार्थीलाई ‘ट्र्याकसुट’ प्रदान गरिएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक बिन्दा थापाले बुधबार बाल विकास केन्द्रदेखि कक्षा– ८ सम्मका विद्यार्थीलाई व्यक्तिगत खर्चमा न्यानो कपडा प्रदान गर्नुभएको हो ।

शिक्षण पेसाबाट अनिवार्य अवकाश लिनुभएकी पूर्वप्रधानाध्यापक थापाले रु एक लाख २३ हजार ५०० बराबरको ट्रयाकसुट विद्यार्थीलाई वितरण गर्नुभएको विद्यालय प्रशासनले जानकारी दिएको छ । विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्नुका साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको  पूर्वप्रधानाध्यापक थापाले बताउनुभयो ।

आवश्यक पोसाक तथा शैक्षिक सामग्रीको अभाव हुँदा नियमित विद्यालय उपस्थितिमा असर पर्न सक्ने भएकाले आफूले व्यक्तिगत खर्चमा ट्रयाकसुट प्रदान गरेको पूर्वप्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

“अरूले विद्यार्थीलाई आवश्यक सामग्री तथा पोसाक उपलब्ध गराइदिने भन्दै आश्वासन मात्रै दिन गरेका थिए । आश्वासनमा मात्र सीमित नरही आफ्नै व्यक्तिगत खर्चमा विद्यार्थीलाई ट्र्याकसुट उपलब्ध गराएकी हुँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि आफूले सकेको सहयोग गर्छु । मेरो सानो सहयोगले उनीहरुको शैक्षिक उन्नयनमा थोरै भए पनि हौसला मिल्ने अपेक्षा गरेकी छु ।”

विद्यालय प्रशासनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पोसाक तथा शैक्षिक सामग्री जुटाउन कठिन हुने भएकाले यस्तो  सहयोगले प्रत्यक्ष राहत पुग्नेछ ।  पूर्वप्रधानाध्यापक थापाले सो विद्यालयमा ३४ वर्ष सेवा गर्नुभएको थियो । उहाँले १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी