सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

२०८३ कार्तिक २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।

थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक शाहले उद्घाटन गर्नुभयो । मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री तथा अन्य स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।

मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन