सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्याफ्रुबेँसीमा आवतजावत सहज

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रसुवा, २३ कात्तिक ः स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई पुनः सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो ।

नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा उक्त काठेपुल निर्माण गरिएको हो ।

यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । लामो समयसम्म यातायात र पैदलमार्गसमेत अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५)का सर्वसाधारणले ठूलो सास्ती खेप्दै आएका थिए ।

बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो ।

हाल संयुक्त प्रयासमा काठेपुल पुनः खडा गरिएपछि दुवै गाउँपालिकाका बासिन्दा तथा सो क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई पैदल आवतजावतका लागि निकै राहत मिलेको आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन