सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आजको यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसका कारण मुलुकका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल रहनेछ।

यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई क्षेत्रका साथै उपत्यका र खोँचहरूका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन