सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अछाम, २८ कात्तिक: अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका-१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि भिरबाट खसेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिरबाट लडेर दुई जना घाइते भएका भन्ने खबर पाउनासाथ तत्काल प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरीदत्त भट्टको कमाण्डमा तीन जनाको टोली खटिएर उद्धार गरिएको थियो ।

घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपश्चात गणेश डिस्चार्ज भएका बताउँदै बिर्खेलाई थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाएइकामा उपचारका क्रममा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले जानकारी दिनुभयो ।

बिर्खेको, अनुहार, छाती र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन