सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धान काट्न व्यस्त छन् इलामका किसान

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम, ३० कात्तिकः इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् ।

मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताउनुभयो । स्थानीय किसान धान काट्न, सुकाउन, बिटा उठाउने तथा धान थन्क्याउने काममा व्यस्त भएको उहाँले बताउनुभयो ।

उहाँले यस वर्ष ४० रोपनीमा धानखेती गर्नुभएको छ । धान पाक्न नपाउँदै चरा–मुसाले खाने भएकाले धान काट्न र थन्क्याउन ढिलाइ गर्न नहुने इधिङ्गोको भनाइ छ ।

स्थानीय किसान हस्तबहादुर पोख्रेलका अनुसार तिहारपछि लगातार घाम लागेपछि धान काट्न स्थानीय किसान व्यस्त भएका छन् । टारी तथा फाँटमा लगाइएका धान पाकेर पहेँलपुर भएपछि किसानलाई यतिबेला धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।

जिल्लाको माङसेबङ, चुलाचुली, माई, रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा लगाइएका धान काट्न थालिएको हो । त्यस क्षेत्रमा धान पाकेर फाँट पहेँलपुर भएका छन् । इलामका किसानलाई कात्तिक अन्तिम सातादेखि मङ्सिरसम्म धान काट्न र थन्क्याउन चटारो हुन्छ । यहाँ अझै पनि परम्परागत तरिकाले धान काट्ने र झार्ने चलन छ ।

वर्षभरिको खाना जुटाउने मुख्य बाली भएकाले परिवारका सबै सदस्य धान थान्क्याउने काममा खटिएका अर्का किसान दिलकुमार लावतीले बताउनुभयो । “हामीले वर्षभरि खाने मुख्य अन्नबाली धान नै हो । त्यसैले यतिबेला धान थन्क्याउन हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “धान थान्क्याएर पुनः अर्को बाली लगाइन्छ ।” यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, फापर, आलु, गहुँ, मकै तथा तरकारीलगायतका खेती लगाउने गर्छन् ।

इलाममा ११ हजार ६२ दशमलव ६४ हेक्टरमा धानखेती हुँदै आएको छ । मुख्य रूपमा इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक रूपमा धानखेती हुँदै आएको छ । अन्य पालिका माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका एवं देउमाई, इलाम र सूर्योदय नगरपालिकाको तल्लो क्षेत्रमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

इलामका किसान उन्नत जातको सावित्री, रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली, रामधानलगायत जातका धानखेती गर्ने गरेका छन् । समयमै रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष धान बढी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन