सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उदयपुर, ३० कात्तिकः कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।

विशेषगरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत (कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकले यसको खेती घटाउँदै लगेको बताएका छन् । पछिल्लो समय बासमतीको मौलिक बास्ना पनि हराउँदै गएको उनीहरूको भनाइ छ ।

स्थानीय कृषक सोमबहादुर दनुवारका अनुसार कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलले बजार ओगटेपछि स्थानीय रैथाने बासमती विस्थापित हुँदै गएको छ । चौदण्डीगढी नगरपालिका–१० हडियाका हरिप्रसाद पौडेल पनि कृषकले परम्परागत जात छाडेर उन्नत धान लगाउन थालेको बताउनुहुन्छ । उहाँका अनुसार पहिले पर्याप्त उत्पादन दिने बासमती, करियाकामत र चनमचुर धानले अहिले अपेक्षाअनुसार उत्पादन दिन छाडेका छन् । त्यसैले कृषकले घरायसी उपभोगका लागि मात्र यसको खेती गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका–९ सुन्दरपुरका वडाध्यक्ष राजकुमार दनुवारका अनुसार उहाँका बाजेले १० बिघा र बुबाले तीनदेखि चार बिघासम्म बासमती खेती गर्नुहुन्थ्यो । तर अहिले खेतीयोग्य जमिन घट्नु र उत्पादनमा कमी आउनुले केही जग्गामा मात्र बासमती लगाउने गरिएको छ ।

स्थानीय बजारमा बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ । त्रियुगा नगरपालिका–११ गाईघाटका अग्रज कृषक नारायणबहादुर बस्नेतका अनुसार पर्याप्त सिँचाइ र कम्पोस्ट मलको अभावले पनि रैथाने धानको उत्पादन प्रभावित भएको छ ।
त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउत जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्नुले कम्पोस्ट मलको उपलब्धता कम भएको बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा खेती गरिएको धानमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।

त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीका समथर भूभाग तथा भित्री मधेसका फाँटमा धान खेती हुँदै आएको छ । सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका कार्यक्रम प्रभावकारी नबनाइए रैथाने बासमतीको मौलिक पहिचान नै हराउने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन