सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कर तिर्नु असल नागरिकको पहिचान

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, १ मङ्सिरः उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ ।

उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा  तुलसीपुरमा आज आयोजित सभामा धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिनुभयो ।

आज आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरी सम्पन्न गरेको छ । यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो ।

कार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा कर अधिकृत उपेन्द पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने  बताउनुभयो । उहाँले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो । कार्यालयले  मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने  जनाएको छ ।

लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन