सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कञ्चनपुर,  ५ मङ्सिरः महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ ।

स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले बताउनुभयो ।

ह्याकाथन भनेको निश्चित छोटो समयभित्र प्रोग्रामर, डिजाइनर र विज्ञहरूले मिलेर सफ्टवेयर, एप वा प्रविधिमार्फत कुनै समस्याको समाधान वा प्रोटोटाइप तयार गर्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका दश टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमुना तयार गरी निर्णायकसमक्ष प्रस्तुति गर्ने प्रतियोगिता संयोजक भुपेन्द्र जोशीले जानकारी दिनुभयो ।

“सहभागीहरुले समस्याको पहिचान गरेर टेक्लोलोजिको प्रयोग गरी समाधान निकाल्नेछ ।”, उहाँले भन्नुभयो, “प्रतियोगिता ४८ घण्टासम्म सञ्चालन हुनेछ ।”

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पचास हजार, दोस्रोलाई  रु २५ हजार र तेस्रो हुने टिममलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले उद्घाटन गर्दै प्रतियोगिताले सहभागीबीच प्रतिभा प्रस्फुटन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा महिलाले नेतृत्व गरेका टिममध्येबाट उत्कृष्ट हुनेलाई रु १० हजार नगद प्रदान गरिने संयोजक जोशीले जानकारी दिनुभयो ।

त्यस्तै हार्डवेयरसम्बन्धी उत्कृष्ट प्रोजेक्ट निर्माण र स्थानीय समस्या समाधान गर्ने टोली तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्नेलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।

उहाँका अनुसार प्रतियोगितामा सहभागिताका लागि २८ टिमले नाम दर्ता गराएकामा दश टिमलाई छनौट गरिएको हो । उहाँले भन्नुभयो, “प्रतियोगितामा पाँच विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।” ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका आठ वटा ट्रयाकमा विद्यार्थीहरूले आफ्ना समाधान प्रस्तुत गर्ने छन् ।

ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो