सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

२०७८ भाद्र ३१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ ।

आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिनुभयो । उहाँले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ ।” उहाँले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाउनुभयो । उहाँका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ । तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताउनुभयो । उहाँले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताउनुभयो । उहाँले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उहाँको भनाइ छ ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिनुभयो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

चन्द्रमाबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँः प्रधानमन्त्री

बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै