सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फेरि मिटरब्याजपीडित आन्दोलित (फोटोफिचर)

२०८० असार २४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाक पीडितहरुले आफूहरुसँगको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।


मिटरब्याजपीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन  अवरुद्धका कारण निस्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधानअनुसार ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने हुन्थ्यो । तर, निर्णयार्थ प्रस्तुत गर्ने दिन प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेका कारण पारित हुन सकेन । जस कारण सो विधेयक निस्क्रिय हुन पुग्यो ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । गत बुधबार उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभाबाट पठाउनुपर्ने थियो । तर, सोही दिन दुवै सदन एमालेले अवरुद्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)

मिटरब्याजी पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन