सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे आफ्नै ब्रान्डको जुत्ता, मूल्य कति ?

२०८० फागुण ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हालै ठगी मुद्दामा दोषी ठहरिएका थिए । उनलाई न्युयोर्कको एक अदालतले गत शुक्रबार मात्र ३५ करोड अमेरिकी डलर क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

यति मात्र नभएर अदालतले ट्रम्पलाई न्युयोर्कमा कम्पनीको निर्देशकका रूपमा काम गर्न तीन वर्षका लागि प्रतिबन्धसमेत लगाएको छ । वास्तवमा ट्रम्प र उनका छोरामाथि बैंक, बीमा कम्पनी र अन्य मानिसलाई झुक्याएर घरजग्गाको साम्राज्य खडा गरेको आरोप लागेको थियो ।

लाभ लिनका लागि उनीहरूले आफ्नो सम्पत्ति विवरण बढाइचढाई गरी पेस गरेका थिए । यसरी अदालतको कारबाहीमा परेको भोलिपल्टै ट्रम्पले भने आफ्नै ब्राण्डको जुत्ता सार्वजनिक गरेका छन् । ट्रम्पले भिक्ट्री ४७ नामको स्निकर जुत्ता र एउटा पर्फ्युम सार्वजनिक गरेका हुन् ।

सुनौलो रङको ट्रम्पको जुत्ताको मूल्य ३ सय ९९ अमेरिकी डलर र पर्फ्युमको मूल्य ९९ डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प आफैँले जुत्ता सार्वजनिक गरेका हुन् । उनको जुत्तामा अमेरिकाको झण्डा पनि देख्न सकिन्छ ।

ट्रम्पले यसै वर्षको नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट चुनाव लड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली