सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्

२०८० फागुण ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः घर परिवारको वातावरण शान्त होस् । परिवारका सदस्यहरू बीचमा आपसी साथ सहयोग र माया होस् भन्ने हरेकको चाहना हुन्छ ।

तर धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान गर्न वास्तु शास्त्रले पनि केही उपायहरू बताएको छ । वास्तु दोषका कारण धेरैको घर परिवारमा राम्रो वातावरण सिर्जना हुन पाउँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ–

१. ओछ्‌यान धातुको हुनु हुँदैन

वास्तु शास्त्रअनुसार सुत्ने खाट, पलङ वा ओछ्‌यान धातुको हुनु हुँदैन भनिएको छ । काठको खाट सबैभन्दा शुभ मानिन्छ । श्रीमानश्रीमती सुत्ने बेडमा एकै डसना हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबीच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

२. डाइनिङ रुम सही दिशामा राख्ने

डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

३.  पर्खाल चर्किएको हुनु हुँदैन
घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ । त्यसैले चर्किएका पर्खालको मर्मत गरिनु पर्छ।

४. उत्तर दिशामा तुलसीको बोट रोप्ने

घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा तुलसीको मठमा दियो बाल्दा  घर झगडा, विवाद र परिवार बीचको आपसी मनमुटाव हटेर जाने मान्यता छ ।

५.  सूर्यको प्रकाश छिर्ने कोठा बनाउने

वास्तुशास्त्र अनुसार घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबीच प्रेम र स्नेह बढ्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली