सदाबहार खबरको रफ्तार ....
बैसाख २२, २०८१ शनिबार
May 4, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् ।

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ । फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिएभने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

कस्तो छ आजको मौसम ?

रौतहटमा एक जनाको मृत्यु

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह

आगलागीमा करोडौँको क्षति

२६ वैशाखमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

बकैया नदी उत्खनन् रोक्न नेविसंघले डोजरको साँचो खोसेर मेयरलाई बुझायो

गोरखकाली रबर उद्योग सञ्चालनको माग

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

‘भेलुबाजे’ को निधन

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै