सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८१ बिहिबार
May 9, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चियाको भारत निर्यातको अवरोध हट्यो

२०८१ बैसाख १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आजदेखि खोलेको छ ।  यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक रोकेसँगै चिया निर्यात रोकिएको थियो ।

चिया बोकेका सबै ट्रक पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका छन् । योसँगै चिया निर्यातमा देखिएको अवरोध हटेको छ । पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशनअनुसार खुलाइएको जानकारी दिएका छन् ।

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको भन्दै चिया बोकेका नेपाली ट्रक रोकेको थियो । नेपालबाट सिटीसी र अर्थोडक्स चिया भारतमा निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

चियाको निर्यातमा अवरोध आएपछि नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले समेत आपत्ति जनाउदै तत्काल अवरोध हटाउन नेपाल र भारत सरकारलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

पर्वतका ९१ साना उद्योग बन्द

डलरको मूल्य फेरि उच्च बिन्दु नजिक, पाउन्ड र युरो घट्यो

अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी : मन्त्री भण्डारी

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार मूल्य

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

आज सुनचाँदीको मुल्य कति पुग्यो ?