सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

२०८० चैत्र १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ  : निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।

थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको  प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिनुभयो । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध  छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् ।

श्रीएयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

घट्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

कामिरिताको किर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

अर्थमन्त्री पुनसँग मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

काठमाडौँ महानगरमा बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

यातायात कार्यालय धनगढीद्वारा रु. ५१ करोड राजश्व सङ्कलन

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन