सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिनी उद्योगका मालिकलाई खोज्दै छौँ, किसानको पैसा दिलाउँछौँः मन्त्री लेखराज भट्ट

२०७६ पुष १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानले दुई सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्, उनीहरूको समस्या समाधान गर्न सरकारले के पहल गरेको छ ?

उहाँहरू मन्त्रालयमा आउनुभएको थियो, उहाँहरूको कुरा सुनेँ । बुझेर प्रक्रियामा जान्छु, जसरी पनि भुक्तानी गराउँछु, तपाईंहरू घर जानुस् भनेको छु । तर, उहाँहरूले पैसा नपाएसम्म नजाने भन्नुभएको छ । हामी त्यसका लागि प्रयास गरिरहेका छौँ । कानुनी प्रक्रियामा पनि गइसकेका छौँ ।

चिनी उद्योगका मालिकलाई खोजिरहेका छौँ । यसबारे गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेका छौँ । मालिकलाई खोज्छौँ, तत्काल नभेटिए अर्को विकल्पमा जान्छौँ ।

अर्को विकल्प के हो ? 

अहिले हामीले सबै उद्योगबारे विस्तृत विवरण लिइरहेका छौँ । कसको उद्योग हो ? उद्योगमा कति चिनी स्टक छ ? उद्योगको जग्गा र मेसिनरी के कति छ ? सबै हेरिरहेका छौँ । उद्योगीले स्वस्फूर्त रूपमा किसानको पैसा भुक्तानी गरेनन् भने उद्योगको सम्पत्ति जफत गरेर भए पनि किसानको उखुको मूल्य भुक्तानी गराउँछौँ ।

किसानको पैसा भुक्तानी नगर्ने उद्योगीहरू मन्त्रालयको सम्पर्कमा छन् कि छैनन् ? 

केही उद्योगी सम्पर्कमा आएनन् । हामीले उनीहरूलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेका छौँ । अहिले महालक्ष्मी, अन्नपूर्ण र लुम्बिनी चिनी मिलका मालिकहरू सम्पर्कमा देखिएनन् । समस्या पनि यिनै उद्योगमा देखियो । अरूले भने तिर्छौँ भनेका छन् । किस्तामा तिर्ने वा कसरी तिर्ने भनेर छलफल गर्न चाहेका छन्, हामी समन्वय गरिदिन्छौँ ।

उद्योगबाट भुक्तानी नपाउने मात्रै होइन, सरकारले दिने अनुदानसमेत किसानले पाएका छैनन् नि ? 

अब किसानले तत्काल अनुदान पाउँछन् । केही प्राविधिक कारणले त्यो अड्किएको रहेछ । कृषि र अर्थ मन्त्रालयसँग कुरा भइसक्यो । अनुदान अब तत्काल निकासा हुन्छ । नयाँपत्रिका दैनिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल