सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भूकम्पपीडितलाई अनुदान लिएर असार महिनाभित्र घर ठड्याई सक्न आदेश

२०७६ पुष १५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ ।

अनुदान सम्झौता गरिसकेका तर गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ ।

पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ ।

भूकम्पका घर गुमाएका कतिपय व्यक्ति विभिन्न कारणले अनुदान सम्झौता गर्नबाट वञ्चित छन् । यस्ता पीडितहरू अनुदान लिनबाट वञ्चित भएको गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न अवसर दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, अनुदान लिन छुटेका भूकम्पपीडितले ०७६ पुस मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्नेछ । तर, त्यसभन्दा पहिले त्यस्ता लाभग्राहीले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट पीडित भएको प्रमाणित गराउनुपर्नेछ ।

त्यस्तै, आवास निर्माणको दोस्रो किस्ता लिने समय पनि प्राधिकरणले थपेको छ । यसअघि दोस्रो किस्ता लिन कात्तिक मसान्तसम्मको समय दिएको प्राधिकरणले ३ महिना थप गर्दै माघ मसान्तसम्मको समय दिएको हो ।

आवास निर्माणको समयसीमामा भने प्राधिकरणले कडाइ गरेको छ ।

प्राधिकरणका अनुसार, आवास अनुदानका लागि रकम लिएकाहरूले असार मसान्तसम्म निर्माण सकेर तेस्रो किस्ता लिइसक्नुपर्नेछ । आवास निर्माणको समय थप्दै आएको प्राधिकरणले अन्तिम पटक आउँदो असार मसान्तसम्मको समय दिएको हो ।

०७६ वैशाख १२ गते गोरखाको लाप्राक केन्द्रविन्दु भएर गएको भूकम्पले हजारौं आवासहरू भत्किए पनि अझै पुनर्निर्माण कार्य सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक