काठमाण्डौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबारदेखि पाँचौँ चरणका खेलहरु सुरु हुँदैछन् ।
आज शनिबार दुईवटा खेल हुदैछन् । मध्यान्ह १२ बजेदेखी सातदोबाटो स्थित एन्फा मैदानमा न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा भईरहेको छ ।
यसअघिका ४ मध्ये २ खेलमा जित र २ मा बराबरी गरेको जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ । २ मा जित र दुईमा हार व्यहोरेको एनआरटी ४र अंकसहित आठौँ स्थानमा छ ।
यस्तै शनिबार दिउँसो ३ बजेपछि त्रिपूरेश्वर स्थित दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगका 3 खेलमा जित र १ खेलमा बराबरी गरेको मनाङ १० अंकसहित शीर्ष स्थानमा छ ।
लिगको दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लब ३ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ९ अंकसहित दोस्रो स्थानमा छ ।
