सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लिखु जलविद्युत आयोजना प्रभावितको गुनासो, क्षतिपूर्ति पाईएन

२०७६ पुष २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: लिखु जलविद्युत आयोजना प्रभावितहरुले राहत र क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

लिखु खोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको एमभी दुगड समूहले राहत र क्षतिपूर्ति दिने सहमति गरेपनि अहिलेसम्म उपलब्ध नगराएको प्रभावितहरुले गुनासो गरेका हुन् ।

निर्माणाधिन जलविद्युत आयोजनाबाट रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, कुभकास्थली र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका वडाहरु प्रभावित छन् ।

आफ्नो नाममा रहेको करिब २ रोपनी जग्गा मिचेर आयोजनाले सडक बनाएको गुम्देल किंजाका दिपबहादुर बस्नेतले बताएका छन ।

आयोजनाले बाटोको लागि जमिन मिचेपछि आफूलाई सुकुम्बासी बनाएको उनले बताएका छन । जग्गामा सडक खने बापत ३ पुस्तालाई काम दिने गरि कागज गरेको भए पनि आयोजना सकिन लाग्दा समेत कुनै काम नदिएको उनको गुनसो छ ।

आयोजन स्थलसम्म पुग्ने सकड निर्माणको क्रममा आफूहरुको जमिन खनेर बाटो प्रयोग गरेको भएपनि कुनै राहत र क्षतिपुर्ति नदिएको गुम्देल च्यामाका मिङ्मा शेर्पाले गुनासो गरेका छन् ।

जग्गाको क्षतिपूर्ति नदिएसम्म काम अघि बढाउन नदिने आफूहरुले माग राख्दा धम्क्याउने र प्रहरी समेत लगाउने काम भएको उनले बताएका छन् ।

क्षतिपूर्तिको रकम जम्मा गरिदिने भनेर सनराइज बैंकमा खाता खोल्न लगाएपनि अहिलेसम्म रकम जम्मा नगरेको उनले बताएका छन् ।

आयोजनाले स्थानीय सरकारसँग समन्वय नगरेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले स्वीकार गरेका छन् । स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पटक(पटक कम्पनीको नेतृत्व तहसँग कुरा भएपनि उनीहरुले चासो नदेखाएको उनको भनाइ छ ।

‘स्थानीयबासिन्दाको गुनासो बारम्बार आएका छन् तर आयोजनाले समन्वय गरेको छैन । नागरिकको अधिकार दिलाउने कुरामा हामी अब कडा रुपले लाग्छौँ’, अध्यक्ष सुनुवारले भने ।

एकैपटक १५७ मेगावाटको ३ ठूला आयोजना निर्माण सुरु गरेको एमभी दुगड समूहले स्थानीयलाई पेलेर जाने नीति लिएको प्रभावितहरुको गुनासो छ ।

दुगड समूहले सहायक कम्पनीमार्फत लिखु खोलामा ३ वटा आयोजना सुरु गरेको छ ।

सो समूहले ७७ मेगावाटको लिखु १ आयोजना पान हिमालय इनर्जी प्रालि, ५१ मेगावाटको लिखु २ आयोजना ग्लोवल हाइड्रोपावर एसोसियट्स प्रालि र २९ मेगावाट क्षमताको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण गरिरहेको छ ।

करिब २१ अर्बको लागतामा निर्माण हुने ३ वटा आयोजना २०७७ सालसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । जसमा ७७ मेगावाटको लिखु १ मा प्राइम कमर्शियल बैंकको अगुवाइमा एनआईसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी गरेका छन् ।

यस्तै ५१ मेगावाटको लिखु २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ ।

२९ मेगावाटको लिखु ए मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाडौंले लगानी रहेको छ । तीनवटा मध्ये नुम्बुर हिमालय हाइड्रोको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

तरकारीखेतीबाट वार्षिक २५ लाख आम्दानी

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक