काठमाण्डौंः विषयगत विविधताले सिनेमामा नयाँ शैली र सोच निर्माण गर्न सहयोग गर्छ। नेपाली फिल्ममा ढिलै भए पनि नयाँ विषयको खोजी र आफ्नै परिवेशको कथा भन्ने क्रम सुरू भएको छ। ‘इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)’ र ‘झिग्राना’ यस्तै फिल्म हुन्।
हेर्नुस् यी अलग स्वादका दुई नेपाली फिल्म, युट्युबमाः
‘इन्द्रेणी खोज्दै जाँदा (चेजिङ रेन्बोज)’
‘झिग्राना’
नेपालमा प्रेम कथा, पारिवारिक मेलोड्रामा र एक्सन प्रधान फिल्म जति धेरै छन्, त्यसको तुलनामा हरर वा थ्रिलर फिल्म अत्यन्तै कम छन्। हरर-थ्रिलर विधामा पछिल्लो समय बनेका धेरै फिल्मले न दर्शकको मन जितेको छ न त समीक्षकबाट प्रशंसा पाएको छ।
