सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तपाईंको पासवर्ड लिक भएको त छैन ? यसरी थाहा पाउनुहोस्

२०७८ कार्तिक २, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामीले आफ्नो ईमेल अकाउन्ट प्रयोग गरी विभिन्न एप वा वेबसाइटमा अकाउन्ट खोलेका हुन्छौं । तर, दिनहुँजसो भइरहने डेटा ब्रिचको घटनामा हामीले अकाउन्ट बनाएका वेबसाइट वा एपका डेटा पनि लिक भएका हुन्छन् ।

हाम्रो अकाउन्ट रहेको कुनै एप वा वेबसाइटको डेटा लिक हुँदा त्यससँगै हाम्रो ईमेल र पासवर्ड पनि लिक भएको हुनसक्छ । लिक भएका यस्ता अधिकांश डेटा डार्क वेबमा राखिएका हुन्छन् ।

हामीले कुन कामको लागि कुन वेबसाइट वा एपमा अकाउन्ट बनाइरहेका हुन्छौं, त्यो पनि याद हुन्न । झन्, त्यस्ता एप वा वेबसाइटको डेटा लिक भएको घटना पनि हामीलाई थाहा नहुन सक्छ ।

एउटै ईमेलले सबैतिर अकाउन्ट खोल्ने र पासवर्ड पनि एउटै राख्ने हाम्रो बानी छ भने हाम्रो ईमेल र पासवर्ड दुरुपयोगको जोखिम उत्तिकै रहन्छ ।

तर, कुनै ह्याकिङ वा डेटा ब्रिचको क्रममा हाम्रो ईमेल र पासवर्ड लिक भएका छन् वा छैनन् भन्ने थाहा भयो भने तत्कालै पासवर्ड परिवर्तन गरेर हामी सुरक्षित रहन सक्छौं ।

आज हामी तपाईंलाई आफ्नो ईमेल वा कुनै अकाउन्टमा राखिएको पासवर्ड लिक भएका छन् कि छैनन् भनेर थाहा पाउने सजिलो तरिका बताउनेछौं ।

यसका लागि तपाईंले आफ्नो मोबाइल वा कम्युटरमा मोजिल्ला फायरफक्सको मनिटर टुलमा जानुपर्ने हुन्छ । मोजिल्लाको मनिटर टुलमा जान यहाँ क्लिक गर्नुहोस् । मनिटर टुलमा गइसकेपछि आफ्नो ईमेल एड्रेस टाइप गरी ‘चेक फर ब्रिचेज’ मा क्लिक गर्नुहोस् ।

यत्ति गरिसकेपछि मोजिल्लाको मनिटर टुलले सन् २००७ यता भएका कुनै डेटा ब्रिचको घटनामा तपाईंको ईमेल एड्रेस परेको थियो वा थिएन भनेर जानकारी दिनेछ । यसले तपाईंको ईमेल मात्रै लिक भएको थियो वा पासवर्ड पनि लिक भएको थियो भनेर पनि जानकारी दिन्छ ।

यदि तपाईंको ईमेल कुनै डेटा ब्रिचमा परेको छ र तपाईंले पासवर्ड परिवर्तन गर्नुभएको छैन भने तपाईं जोखिममा रहने सम्भावना धेरै हुन्छ । त्यसकारण आफ्नो ईमेल कुनै डेटा ब्रिचमा परेको रहेछ भने तत्कालै पासवर्ड परिवर्तन गनुृपर्छ । र, फरक फरक एप वा वेबसाइटमा अकाउन्ट बनाउँदा फरक फरक पासवर्ड राख्ने गर्नुपर्छ ।टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

चन्द्रमाबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँः प्रधानमन्त्री

बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै