काठमाण्डौंः सञ्चारकर्मी कुमार आचार्य लामो समयदेखि निर्देशनको क्षेत्रमा सक्रिय छन् ।
विगतमा थुप्रै वटा म्युजिक भिडियो, टेलिश्रृंखला, वेब सीरीज तथा केही फिल्मसमेत निर्देशन गरिसकेका सञ्चारकर्मी आचार्यको निर्देशनमा बनेको एउटा नयाँ गीतको म्युजिक भिडियो आईतबार सार्वजनिक भएको छ ।
टेलिभिजन कार्यक्रम प्रस्तोता तथा निर्माताको रुममा समेत स्थापित कुमार आचार्यले यसपटक गायक यम बरालको स्वरको ‘खुशीको गीत…’ शीर्षकको म्युजिक भिडियो निर्देशन गरेका छन् ।
उक्त भिडियो बुढासुब्बा डिजिटलको युट्युबमार्फत रिलिज भएको हो । भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।
